मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

चितवन हात्ती तथा पर्यटन महोत्सव पुष १५ गतेदेखि

Ujyalosandeshonline 11506+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

चितवन । क्षेत्रीय होटल संघ नेपाल चितवनले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेनमार्फत संघले,क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । 

आयोजकले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामू परिचित गराउन थप योगदान पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरेको जनाएको छ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको पनि आयोजकले जानकारी दिएको छ । 

‘सौराहामा हामीले दुई दशक अघिदेखि आयोजना गर्दै आएको महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको महसुस गर्दै रोकिएको महोत्सवलाई पुन सञ्चालनमा ल्याएका हौं । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ।

महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्र्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेका छ ।’

पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता रहेको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार