मुख्य समाचार
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती | समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द | हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने | कन्याम चिया बगान | पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द | गर्मी छल्न बर्दिबासका विद्यालय बन्द | लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन:एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त | सुकुम्बासी मुसहर परिवारलाई घर हस्तान्तरण | साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन | मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू |

भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

Ujyalosandeshonline 11451+ समाचार ( )
९ अशोज २०८१, बुधवार

बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।

पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महा अभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का नेता कार्यकर्ता रहेका छन् । 

प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियोे । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

यसैगरी हल्दीबारी गाउपालिका–९ का बिवश लिम्बू , हल्दीबारी(१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् ।

उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । 

झापाको चारपानेमा पेट्रोल छर्केर अरु सवारी साधनमा आगजनी गर्ने उनीहरुको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान सुरु गरिएको छ । 

पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुबै ट्रकका चनलक घाइते भएका थिए । 

प्रसाईलाई एकजना महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार