मुख्य समाचार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की |

पत्रकार सुरेश परियार नेपाल जेसिजको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित

Ujyalosandeshonline 12560+ समाचार ( )
६ पौष २०८२, आइतबार

बुटवल । रुपन्देहीलाई कार्यथलो बनाएर एक दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार सुरेश परियार राष्ट्रियस्तरको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित भएका छन् । नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा परियारलाई नगद, स्वर्ण पदक र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो । देशभरबाट गरिएको छनोटका आधारमा ‘प्रशासन तथा प्रचार’ पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल जेसिजले उनलाई एकल रूपमा यो विधाबाट छनोट गरेको थियो ।

महाधिवेशनको भव्य उद्घाटन सत्रमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । विगत एक दशकदेखि रुपन्देहीमा रहेर निरन्तर पत्रकारिताका माध्यमबाट समाजको आवाज बुलन्द पार्दै आएका परियारलाई उनको मेहनत र क्रियाशीलताको कदर गर्दै पुरस्कृत गरिएको जेसिजले जनाएको छ ।

नेपाल जेसिजले हरेक वर्ष विभिन्न विधामा समाजका लागि विशिष्ट योगदान पुर्‍याउने युवाहरूलाई सम्मान गर्दै आएको छ । सोही परम्पराअनुसार यस वर्ष पत्रकारिता र प्रचार क्षेत्रबाट परियारलाई यो गरिमामय पुरस्कार प्रदान गरिएको हो । राष्ट्रियस्तरको स्वर्ण पदकसहितको यो पुरस्कारले आफूलाई पत्रकारिता कर्ममा थप जिम्मेवार र उत्साहित बनाएको परियारले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार