मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

कांग्रेसको निष्कर्ष : नेतृत्वदायी भूमिकाप्रति सचेत रहने

Ujyalosandeshonline 12463+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकले संघीय संरचनाका तीन तहको सरकार सञ्चालनमा देखिएका समस्या समाधानमा नेतृत्वदायी भूमिकामा सचेत रहने निष्कर्ष निकालेको छ । बैठकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पनि काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

चार दिनसम्म चलेको बैठकमा प्रस्तुत विभिन्न प्रस्तावहरूलाई भने केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मत पारित गर्दै महासमिति बैठक सम्पन्न भएको पार्टीले जनाएको छ । 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले  समसामयिक राजनीतिक प्रस्ताव, लेखा समिति संयोजक श्याम घिमिरेले  लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । त्यसलाई महासमितिले संशोधनहित पारित गरेको पार्टीले जनाएको छ । 

गत सोमबारदेखि सुरु भएको महासमिति बैठकले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ । महासमिति बैठकका निष्कर्षहरु सार्वजनिक गर्दै प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले मुलुकलाई निकास दिँदै तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहने निष्कर्ष निकालेको बताए । 

कांग्रेस महासमिति बैठकले शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता जनाएको छ । यस्तै सत्ता गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न कृतसंकल्पित रहने निष्कर्ष निकालेको छ । 

तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहने पनि भनेको छ । किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधान गरि न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार