मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


प्रजातान्त्रिक योद्धाहरुको अपमानविरुद्ध उत्रने बेला आयो : रामभरत साह

Ujyalosandeshonline 10783+ समाचार ( )
रामभरत साह प्रजातान्त्रिक योद्धा
७ फाल्गुन २०८१, बुधवार

पूरानो घर, ठाउँ ठाउँमा ईंटा र सिमेन्ट उप्किएको छ । सानो ढोका र अगाडि एउटा बेन्च छ । बेन्चमा अडेस लगाएर बसिरहेका एक व्यक्ति जसलाई बाटो हिँड्ने र चिन्नेजति सबैले नमस्कार अभिवादन नगरी अगाडि बढ्दैनन् । ती बेन्चमा बसिरहेका व्यक्ति हुन रामभरत साह ।

प्रजातन्त्र स्थापनाको लडाइमा मेरुदण्डमा ६ ठाउँमा किच्चिएर प्रत्येक तीन महिनामा दिल्लीमा उपचार गराउन बाध्य छन् उनी । एउटा सानो कोठा जुनमा एउटा सानो खाट, एउटा पुरानो काठको कुर्सी, भित्तामा पूराना नेपालको इतिहास झल्किने पुस्तकहरु र किल्लामा अटकिएका कयौं सम्मान पत्र, प्रमाण पत्र र तस्वीरहरु छन् ।

यस्तै छ रामभरत साहको कोठाको अवस्था । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरबाट पाँच मिनेट हिँडेर पुग्न सकिन्छ उनको घर । ठूल ठूला तीनतल्ले भवनहरुका बीचमा एउटा पूरानो एकतल्ले जिर्ण देखिने भवन उनको निवास हो । जति पूरानो रामभरत साहको भवन छ त्यो भन्दा पूरानो उनको प्रजातन्त्र स्थापनका लागि लडेको लडाइहरु बारेका कथाहरु छन् । प्रजातन्त्र दिवस र प्रजातन्त्र सेनानीहरुको अवस्थाबारे कुरा गर्दा उनी निकै भावुक देखिए । नेपाल सरकार प्रति आक्रोस पनि व्यक्त गरे ।

‘रक्तक्रान्ति’ आन्दोलन र अपमानका कथा

नेपालमा राणा विरोधी आन्दोलनको सुरुवात १९९२ देखि भएको इतिहास छ । १९९२ सालमा जनकपुरका २२ जना युवाहरुले एयरपोर्ट नजिकै एउटा पोखरी डिलमा बसेर आफ्नो रगतबाट हस्ताक्षर गरेर राणा विरोधी आन्दोलन सुरु गरेका थिए । त्यसको नाम त्यतिबेला ‘रक्तक्रान्ति’ दिइएको थियो र त्यो एउटा इतिहास थियो । 

त्यसपछि नेपाली कांग्रेसको स्थापना भयो २००३ सालमा । त्यही २२ जना युवामध्येबाट पण्डित रमाकान्त झा नेपाली कांग्रेसको संस्थापक जिल्ला सभापति बन्नुभयो । त्यतिबेला पनि उहाँहरुले रााणा विरोधी आन्दोलनको सुरुमा राम्रो भूमिका निर्वाह गर्नुभएको थियो । ०७ साल फागुन ७ गते नेपालमा राणाहरुको एकतन्त्रीय जुन राणा शासन थियो त्यसको अन्त्य भएर नेपालमा प्रजातन्त्रको स्थापना हुन्छ ।

तर प्रजातन्त्रको स्थापनादेखि अहिलेसम्म प्रजातन्त्र सेनानी र सहीदहरुका परिवारहरुले अहिलेसम्म कुनैपनि पार्टी, सरकारबाट कुनै हेरचाह गरेका छैनन् । तथ्यांक राख्ने काम अहिलेसम्म पनि भएको छैन् । २००७ सालमा प्रजातन्त्र आएपछि त्रिपक्षीय सरकार स्थापना भयो–कांग्रेस, राणा र राजपरिवार । त्यसपछि २०१५ सालमा आम निर्वाचन भयो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो । १०४ जनामा ७४ सिट कांग्रसले प्राप्त गरेको थियो । तर त्यो सरकारको २०१७ साल पुस १ गते हत्या हुन्छ ।

कांग्रेसको सरकार हुँदाहुँदै त्यो भन्दा अगाडि २००७ र ०८ र ०११ सालको सरकारले पनि प्रजातन्त्रका लागि लडेकाहरुलाई कुनै सेवा सुविधा दिएन । नेपालीमा उखान छ–‘खोला तर्यो लौरो बिर्सियो’ । अवस्था यस्तै छ । 

०४६ सालको आन्दोलनमा म घाईते भए । टिचिङ अस्पतालमा उपचार गराएँ । ०४७ सालमा मैले लेख लेखें र काठमाडौंकै एक पत्रिकामा प्रकाशित गरें । जसका कारण त्यसबेलाका ेसरकारमा भूईँचालो नै आएको थियो । प्रजातन्त्रको लागि लडेका व्यक्तिहरुको अवस्थाको चित्रण गरेको थिए ।

त्यसपछि २०१७ साल पुस १ पछि २०४६ सालसम्म ३०–३२ बर्ष एकतन्त्रे पञ्चायत कालमा योद्दाहरु वा सहिद परिवारलाई केही भएन् । त्यतिबेला पनि लोकतन्त्रका हत्यारा राजा महेन्द्रमाथि जनकपुरमा बम हान्ने हाम्रा युवाहरु सहीद दुर्गानन्द झा र अरबिन्द ठाकुर जस्ता युवालाई जेल परे । अरबिन्दलाई १४ वर्षको जेल सजायपछि रिहा गरियो र त्यही २०२० साल माघ १६ गते दुर्गानन्द झालाई फाँसी दिइयो । यही अवस्थामा कतिपय प्रजातान्त्रिक योद्दाहरुले आफ्नो ज्यान गुमाए । पलायन भएर भारत प्रवासमा बसे । आफ्ना धन सम्पत्ति सबै गुमाए । 

यस्ता कठिन परिस्थितीहरु पार गर्दै २०४६ सालको चैत्र २६ मा राती ११ बजे आएको प्रजातन्त्रको पुनःप्राप्तीपछि पनि अहिलेसम्म नेपालमा प्रजातान्त्रिक योद्दाहरुको न कुनै सम्मान छ, न कुनै अभिमान छ, न कुनै पहिचान छ । प्रजातान्त्रका लागि युद्दमा होमिएका सहीदका परिवारले अहिलेसम्म कुनै सम्मान भएको छैन् र राहत पनि छैन् ।

०७ सालको राणाविरोधी आन्दोलनदेखि २०६२–६३ सालको प्रतिगमनको आन्दोलनसम्ममा प्रजातन्त्र पुनःस्थापनादेखि लोकतन्त्रको स्थापना र  गणतन्त्रसम्म आइपुग्दा सहिदको कुनै लगत संकलन भएजस्तो लाग्दैन् । सरकार अथवा कुनैपनि पार्टीले लेखाजोखा राखेकै छैन् । खोजतलास गरेकै छैन् । खोलो तर्यो लौरो बिर्सिएको अवस्था छ । यसका विरुद्ध हामी फेरि उत्रनुपर्ने बेला आएको छ । नीति र नियम बनाएर प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने अवस्था सिर्जना गर्छौ ।

जो पनि सहीद

अहिले पार्टीपिच्छे सहीदहरु छन् । माओवादी जनयुद्धका सहीदलाई सहीद मानिएको छ । कोही मधेशवादी दलका सहीदलाई सहीद मानिएको छ । तर म भन्छु यो नेपालमा मधेशवादीको जन्म कहिले भयो, माओवादीको जन्म कहिले भयो यीनिहरुको जन्म हुनु अगाडि देशमा प्रजातन्त्र नभएको भए मधेशवादी र माओवादीको जन्म हुन्थ्यो । यहाँ प्रश्न छ । 

नेपालमा प्रजातन्त्र आएर नै यीनिहरुको जन्म भएको हो । र यीनिहरु आज प्रजातान्त्रिक योद्धाहरुलाई नै बिर्सिएका छन् । सहीद र सहीदका परिवारलाई नै बिर्सिएका छन् । हाम्रो पार्टी योद्धा मात्र योद्धा हुन्, हाम्रो पार्टीले गरेको आन्दोलन मात्र आन्दोलन हो भन्ने जुन एउटा अवधारणा छ यो एकदमै गलत छ । यस्तो हुनु हुदैँन् । हामी त्यसको विरोध गर्छौ । तर म त अहिले नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षको हैसियतले नेपाल सरकारसँग र सबै राजनीतिक दलसँग अनुरोध छ भने नेपालमा प्रजातान्त्रिक आन्दोलनमा भएका सहिद र उनका परिवारहरु एवम लोकतान्त्रिक आन्दोलनका जिउदा सहिदहरु जसले आफ्नो अपाङ् शरीर लिएर हिड्न वाध्य छन्, तिनीहरुको लगत सरकारी अस्पतालमा राखियोस । यीनिहरुका बारेमा एउटा बुकलेट तयार होस । पहिचानसहितको एउटा पुस्तक प्रकाशन गर्न सक्यौ भने यो एउटा आधार हुन्छ । जो वास्तविक सहीद, उनका परिवार र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्, तीनिहरुले राज्यबाट भरणपोषणका लागि मासिक भत्ता, शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न निकायबाट सुविधाहरु दिलाउन सहज हुनेछ । जागिर पाउनुपर्ने, मासिक भत्ताको व्यवस्था हुनुपर्छ । 

मेरो कुरा गर्ने हो भने मैंले के पाए र के गुमाए भन्दा मैले आजसम्म गुमाएको मात्र छु । पाएको केही छैन् । ०२९ सालमा नेविसंघको सदस्यता लिएर अहिलेसम्म नेपाली काङ्ग्रेसको सिद्धान्तबाट अलग नभएर झण्डा लिएर हिडेको मान्छेको अवस्था यस्तै छ । आजसम्म हेपिएकै छु, पेलिएकै छु । 

यहाँका सबै प्रजातन्त्र सेनानीहरु उपेक्षित छन्, अपहेलित छन् । म पनि त्यसमै पर्छु । २०४६ देखि अहिलेसम्म मेरो मेरुदण्डमा ६ ठाँउमा दरार छ । बन्दुक, लाठी र बुट बजारिएका डाम आलै छन् । उपचारको लागि प्रत्यक तीन महिनामा भारतको दिल्ली जाने गरेको छु ।

मलाई अहिलेसम्म कुनै पनि पार्टी र सरकारले एक पैसा सहयोग गरेको छैन् । सतीले सरापेको देशमा जसले राम्रो गर्छ उसलाई राम्रो हुँदैन् । अहिले पार्टीहरु वंशवादमा लागेका छन् । जबसम्म यो देशको राजनीतिमा वंशवाद समाप्त हुदैँन् तबसम्म यो लोकतन्त्रमाथि जहिले पनि खतरा भईरहन्छ । अहिले पनि भइरहेको छ र जहिले पनि कालो बादल घुमिरहेको छ । 

राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकारहरुलाई चेतावनीका साथ भन्दैछु–भोलिका दिनमा लोकतन्त्रमाथि कुनैपनि किसिमको आपत् विपद् आयो भने यही टुटेफुटेका मान्छेहरु वा योद्धाहरु काम लाग्ने छन् । यो कुरा याद राख्नु होला । जबसम्म योद्धाहरुको सम्मान हुँदैन् तबसम्म देशको राजनीति अन्योलमै रहन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार