मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

पुल भाँचिएपछि विद्यालय पुग्न समस्या

Ujyalosandeshonline 11009+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत कोटहीमाई गाउँपालिका वडा नम्बर ४ की प्रतिभा चौधरी गुणस्तरीय शिक्षा पाउने आशाले आफ्नो घरबाट पाँच किलोमिटर टाढा रहेको मर्चवारी गाउँपालिका–६ स्थित श्री ठर्की माध्यमिक विद्यालय जाने गरेकी छिन् ।

उनको गाउँमै विद्यालय छ । तर, गाउँमा रहेको विद्यालय भन्दा ठर्की माविमा राम्रो पढाइ हुन्छ भन्दै चौधरी पैदलै हिंडेर विद्यालय पुग्छिन् । विद्यालय जाने बाटोमा निर्माण भएको सानो पुल भाँचिदा विद्यालय पुग्न समस्याको सामना गर्नुको साथै ढिला पनि हुने गरेको उनको गुनासो छ । हाल कक्षा १० अध्ययनरत चौधरी भन्छिन्, ‘विद्यालयको समयमा धेरै विद्यार्थीहरु यही बाटो प्रयोग गर्छन् ।

त्यसैले एकैपटक यहाँ जाम हुन्छ, अर्को बाटो प्रयोग गर्दा निकै ढिला हुन्छ । कि जाममा केहीबेर कुर्नुपर्छ कि त हिलाम्य बाटोको प्रयोग गर्नुपर्छ । पुल भाँचिएपछि जुत्ता लगाउन पाइएको छैन सधै चप्पल लगाएर विद्यालय आउनुपरेको छ ।’ 

विद्यालय पुग्न निर्माण गरिएको सडकमा पर्ने एकजना जग्गाधनीको सहमति नहुँदा फराकिलो सडक निर्माण हुन सकेन । सडक निर्माण नहुँदा विद्यालय पुग्न कामचलाउ पुल निर्माण गरी आवतजावत भइरहेको थियो । तर, मंगलबार अज्ञात व्यक्तिहरुले उक्त पुल भत्काइदिएपछि अहिले विद्यालय आउने–जाने १ हजार भन्दा बढी विद्यार्थीहरु मारमा परेका छन् ।

सोही विद्यालयकामा अध्ययनरत खुलाब कुमार खटिक भन्छन्, ‘कहिले हिलाम्य सडकको प्रयोग त कहिले विद्यालयमा समयमै पुग्न समस्या भएको छ । अज्ञात व्यक्तिहरुले पुल भाँचेपछि विद्यालय समयमा एकैपटक विद्यार्थीहरुको चाप बढी भएकोले मर्कामा परेका छौं । ’

यस्ता समस्या उक्त बाटो प्रयोग गर्ने हरेक विद्यार्थी तथा शिक्षकहरुले सामना गर्नुपरेको छ । अज्ञात ब्यक्तिहरुले पुल भाँचिदिएपछि अहिले विद्यार्थीहरु खेतको आलीको बाटो प्रयोग गर्न बाध्य छन् । अहिले वर्षाको समय भएकाले खेतमा पानी भरिएको छ । खेतको आली हिलाम्य छ । 

विद्यालय पुग्न बाटोको रुपमा आली प्रयोग गरिएको थियो तर, एकजनाबाहेक अन्य किसानहरुको सहमतिमा १० फिटको बाटो निर्माण गरी पीसीसी ढलान गरिएको थियो । तर, बीचमा अधुरो रहेको ठाउँमा आली जतिको फराकिलो पुल निर्माण भएपछि विद्यार्थीहरुलाई विद्यालय पुग्न सहज भएको थियो । 

‘गोरेटो बाटोलाई विभिन्न निकायमा पहल गरी फराकिलो बनाई पिसीसी निर्माण गरी विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहज भएको थियो, ’विद्यालयका प्रधानाध्यापक बलिराम यादवले भने । खेतको पानी बग्ने ठाउँमा विद्यालयको लागतमा २०६७ सालमा निर्माण गरिएको सानो पुललाई अज्ञात समुहले भाँचेपछि सबैलाई समस्या भएको उनले बताए । 

पुलको ठाउँमा ह्युमपाइप राखेर व्यवस्थित बनाउन खोजिए पनि उक्त क्षेत्रमा जग्गा रहेको जग्गाधनीले नमानेपछि अहिले ह्यूमपाइप सोही ठाउँमा राखिएको छ । पुल भाँचिएपछि साना विद्यार्थीहरु विद्यालय आउन छोडेको भन्दै प्रधानाध्यापक यादवले चिन्ता व्यक्ति गरे ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको भन्दै उनले सम्बन्धित सरोकारवालाहरु पुल निर्माणमा सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार