मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पोखरामा आजदेखि सुरु भयो, ‘प्रहरी घर – घर पुग्ने अभियान’

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ माघ २०८१, सोमबार

पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घर – घरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ – टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय क्षेत्रका घर–घरमा पुग्ने भएको हो ।  

पोखरा महानगरपालिका अन्तरगतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरु हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घर – घरमा पुग्ने अभियान संचालन गरेको हो ।

प्रहरी घर – घरमा पुगेको एकिन गराउन वडा प्रहरी कार्यालय बैदाम पोखराले प्रहरी पुगेको हरेक घरमा एउटा प्रहरी सम्बन्धि जानकारी र गुनासो राख्ने सम्पर्क नम्बर उल्लेख भएको क्यु आर कोड भएको स्टिकर टाँस्ने बैदाम प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए । 

उक्त अभियानको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले आज सुरुवात गरे । सोही अवसरमा एसपी ओलियाले यस अभियानले शान्ति सुरक्षा कायम गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै जनता र प्रहरी बीचको दुरी कम गर्न , उनीहरुबीच सम्बाद र सहकार्य गर्नमा सहयोग हुने बिश्वास व्यक्त गरे ।  उनले वडा प्रहरी कार्यालय बैदाम पोखराले आजबाट सुरु गरेको अभियान कास्की जिल्लाका अन्य क्षेत्रहरुम पनि लागूगर्ने बचनबद्धता व्यक्त गरे । 

वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी सन्तोष निरौलाले यस अभियान अन्तरगत वडा प्रहरी कार्यालय मातहत रहेका पोखरा महानगरका ११ वटा वडाका करीब ५० हजार घर – घरमा पुगेका प्रहरीले जनताका पीर मर्का एबम समस्याहरुको सुनुवाई गर्ने र सम्भव भए तत्कालै, यदि सम्भव नभए सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गर्ने बताए ।

उक्त समारोहमा सहभागीहरुले भने प्रहरीको अभियानदेखि उत्साहित भएर स्टिकर छपाइ गरेर दिने बाचा गरेका थिए । अभियानका क्रममा आबश्यक पर्ने करीब ५० हजार स्टिकर छपाइ गरेर दिन उनीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार