मुख्य समाचार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने | बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह | चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त |

‘विकासको मामिलामा राजनीति भन्दा माथि उठेर एकजुट हुन आवश्यक’

Ujyalosandeshonline 11913+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति भन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिए । 

उनले भने, ‘ यहाँ विभिन्न विचारधारा बोकेका साथीहरु हुनुहुन्छ । विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ । राजनीति त हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय निकायको निर्वाचनको बेलामा ४ महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ ।’

उनले दलका नेताहरुले पार्टीका कुरा मात्रै नगरि पार्टीको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । भौतीक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका महासेठले यो वर्ष  सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल गर्ने दाबी गरे । 

उनले भने,‘ पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन । हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ, यस वर्षसरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार