मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

खुला सीमाले कानून कार्यान्वयनमा कठिनाई

जैसमोहम्मद खान 73+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

मर्चवार । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा रहेको खुल्ला सीमा कानून कार्यान्वयनमा मूख्य चुनौती देखिएको सुरक्षा निकायको भनाई छ । शुक्रबार मर्चवारको मझगावा ईलाका प्रहरी कार्यालय मझगावाले सम्पन्न गरेका नागरिक सुनुवाईमा अपराध गरि अधिकांश अभियुक्तहरु भारत तर्फ भाग्ने गरेको हुदा कानून कार्यान्वयनमा चुनौती थपिएको वक्ताहरुले जनाए । 

कार्यक्रममा प्रस्तुतीकरण गर्दै ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख प्रहरी निरिक्षक सन्तोष बस्यालले साधान श्रोत र जनशक्तिको कमि संगै खुल्ला सीमा मूख्य चुनौती भएका बताए । उनले मर्चवारमा मौजुद रहेको साधान श्रोतलाई अधिकतम परिचालन गरि नियन्त्रणको प्रयास गरे त्यो भने प्रयाप्त हुन नसकेको जिकिर गरे । जिल्लाकै सबै भन्दा ठूला सीमावर्ती क्षेत्र मर्चवारमा पर्ने हुदा यहा अपराध गरेर  सहजै भारत तर्फ भागेर जाने क्रम रहेको बताउदै उनले यसमा स्थानिय निकाय संगै नागरिकको पनि सहकार्यको आवश्यकता औल्याए । स्थानिय जनप्रतिनिधिले सहयोग गर्नुको सट्टा अस्वस्थ्य राजनैतिक प्रतिष्पर्धाका कारण प्रहरीलाई नै राजनैतिक दबाब पर्ने गरेको उनले गुनासो गरे । 

मर्चवारमा शैक्षिक स्तरमा संगै चेतनाको कमि हुदा सबै भन्दा बढी झै झगडा र वादविवादको मुद्दा आउने गरेको बताए । उनले साउन महिना यता मात्र इलाका प्रहरी कार्यालय मझगावामा ८६ वटा झै झगडा, वादविवाद र लेनदेनको मुद्दा दर्ता भएकोमा सबै मुद्दालाई फछर्यौट गरि सकेको जनाए । यस्तै कुटपिटको ८, अभद्र व्यवहार ३, सवारी दुर्घटना ७, मानिस हराएको ४, चोरीको १, शान्ती सुरक्षाको २४ र घरेलु तथा महिला हिंसाको १२ वटा मुद्दा दर्ता भएकोमा यी सबै फछर्यौट गरि सकिएको उनले बताए । 

कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकिशुन त्रिपाठीले मर्चवारमा शान्ती सुरक्षाको प्रत्याभूति गराउन गाउँपालिका र आफु स्वयम प्रहरीसंगै रहने बताए । उनले प्रहरीको एकल प्रयासले मात्र अपराध न्यूनिकरण हुन नसकेकोले स्थानिय जनप्रतिनिधिहरुले पनि यसमा सहकार्य गने प्रतिवद्धता जनाए । सत्य सेवा सुरक्षाको मूल नारा बोकेर प्रहरी आफ्नो जिउधनको बाजी थापेर नागरिकको सेवामा जुटेकोले नागरिकले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने दायित्व रहेको उनले बताए । मर्चवारका नागरिक धेरै सोेझा रहेकोले उनिहरुलाई प्रहरीले पनि बिशेष रुपमा हेरी सहयोग गर्नुपर्ने उनले धारणा राखे । 

प्रहरी–समुदाय साझेदारी अन्र्तगत सम्पन्न भएको नागरिक सुनुवाई कार्यक्रम कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सञ्जय कुमार सैनीका स्वागत र प्रहरी सहायक निरिक्षक सुभाष थारुको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार