मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

अर्घाखाँचीका इन्द्र बहादुर सार्कीको जीवन रक्षाका लागि सहयोगको अपिल

अनिल नेपाली 141+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६, राटटाडी निवासी ५७ वर्षीय इन्द्र बहादुर सार्की गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालको शैयामा जीवन र मरणको दोसाँधमा छटपटाइरहनुभएको छ । विगत ४ वर्षदेखि मुटु, मृगौला र कलेजोको समस्यासँग जुधिरहनुभएका सार्कीको दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएको छ ।

लामो समय भारतमा बसेर दीनदुःखीको सेवामा सक्रिय सार्की आफैं रोगले थलिएपछि उपचारका लागि नेपाल तथा भारतका विभिन्न अस्पताल धाइसक्नुभएको छ । मुटुको दुई पटक शल्यक्रिया गरिसक्नुभएका उहाँको आँखाले पनि राम्रोसँग देख्न छाडेको छ । चिकित्सकहरूले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षणका लागि ठूलो धनराशि आवश्यक पर्ने बताएका छन् ।

उपचारका क्रममा आफ्नो भएको जायजेथा र नगद सबै सकिएपछि सार्कीको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक बनेको छ । अस्पतालको शैयाबाटै उहाँले आफ्नो उपचारका लागि मनकारी दाताहरूसँग सहयोगको अपिल गर्नुभएको छ । 

सार्कीको जीवन रक्षाका लागि सहयोग गर्न चाहने महानुभावहरूले अर्घाखाँचीको सन्धिखर्कमा रहेको मेगा बैंकको शाखामा उहाँको नाममा रहेको खाता नम्बर 09305350001366 मा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । तपाईंको सानो सहयोगले एकजनाको ज्यान बच्न सक्छ ।

प्रतिक्रिया

शैलेन्द्र हरिजन २४ पौष २०८२, बिहीबार

Hlo

शैलेन्द्र हरिजन २४ पौष २०८२, बिहीबार

Hlo

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार