मुख्य समाचार
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा |

परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय

Ujyalosandeshonline 12562+ समाचार ( )
१९ माघ २०८१, शनिबार

जनकपुर ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य डीला संग्रौलाले परिवर्तनको भूमिको रुपमा चिनिने मधेसबाट कोही पनि मुलुकको कार्यकारी पदमा किन पुग्न सकिरहेको छैन भन्ने बहसको विषय हुनुपर्ने बताएकी छन् ।

नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संग्रौलाले परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय रहेको बताइन् । 

उनले भनिन् ‘मधेस लोकतन्त्रको भूमि, संघियताको जननी तथा परिवर्तनको भूमि भएर पनि विकासको दृष्टिले एकदमै पछाडी पर्नु चिन्ताको विषय हो ।’

संग्रौलाले मधेसबाट अहिले संविधान संशोधनका लागि उठिरहेका मुद्दाहरुलाई बहसको विषय बनाएर अगाडी  लानु आवश्यक रहेको बताइन् । उनले संविधान संशोधन २०८७ मा नभएर आजकै मितिबाट यो संशोधनको प्रकृयाको शुरुवात हुनुपर्ने बताइन् ।

मधेसका लागि सबैभन्दा विकराल समस्या बेरोजगारी हो, उनले भनिन् ‘मधेसमा बेरोजगारी, महिला हिंसा, दाइजो प्रथा लगायतका समस्याहरु विकराल बन्दै गईरहेको छ ।’ यी समस्याका अन्त्यकालागि पहल हुनुपर्छ उनले बताए ।

मुलुककै उर्वर भूमि रहेको मधेस सुख्खा भूमिको रुपमा परिणत भएको छ किन यस्तो भयो । यी समस्याहरुको समाधानको खोजी नभएसम्म मधेस समृद्ध हुन सक्दैन संग्रौलाको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार