मुख्य समाचार
प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न | भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक | बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह |

बलिदानी दिवस : मधेश प्रदेश सरकारले तीन करोड ६१ लाख दिने घोषणा

Ujyalosandeshonline 12392+ समाचार ( )
५ माघ २०८१, शनिबार

जनकपुर । मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ । 

मधेश ओन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झना र सम्मानमा यो दिवस मधेश प्रदेश सरकारलगायत मधेशवादी दल र नेताहरुले मनाउँदै आएका छन् । कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठवटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री सिंहले सहिद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाईते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाईते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाईते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री सिंहले आज शनिबार भएका कारणले रकम हस्तान्तरण गर्न ढिलाई भएको र भोलि बैंक खुलेपछि बैंक खातामै रकम जानेगरी व्यवस्था मिलाउने जानकारी दिए । त्यस्तै उनले सहिद परिवारका सदस्यहरुका लागि बिमा कार्यक्रम, छोराछोरीका लागि छात्रवृति लगायतका सुविधा यसै वर्षदेखि सुरु गर्न लागेका बताए । मुख्यमन्त्री सिंहले सहिद परिवारका सदस्यहरुको व्यवस्थापनका लागि रोड म्याप तयार गरेर रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका सेवा सुविधा दिने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार