मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

खाँडाचक्रका शिक्षकहरु आन्दोलित, दिनभर नगरपालिका घेराउ

Ujyalosandeshonline 12208+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

सुर्खेत । विगत ६ महिनादेखि तलव भत्ता नपाएको भन्दै कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका विद्यालयका शिक्षक आन्दोलित भएका छन् । मंगलबार नगरप्रमूखलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएका शिक्षकले बुधबार नगरपालिका घेराउ गरेका छन् । 

चालु आर्थिक वर्षको असोजदेखि शिक्षकहरूले तलब तथा अन्य सेवासुविधा नपाएको भन्दै नगरपालिकाभित्रका ३९ वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले खाँडाचक्र नगरपालिका घेराउ गरेका हुन् । यस अघि पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको शिक्षकहरुको गुनासो छ । असोजदेखि शिक्षकहरुले तलब भत्ता नपाएकोले आन्दोलनमा उत्रनु परेको चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दिपबहादुर शाहीले बताए ।

महिनाभरी विद्यालयमा पढाएर आधा बर्षसम्म पनि तलब नपाउँदा शिक्षकहरुको दैनिकी चलाउन गाह्रो भएको भन्दै उनले भने, ‘महिनौसम्म तलव पाएको छैन भन्नु पनि हिनताबोध नै हो ।’ शिक्षकहरुले त्रैमासिकरुपमा तलव पाउँदै आएको भए पनि सात महिनासम्म पनि नपाएको उनको दुखेको छ । 

विद्यालय शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक, संघीय अनुदान तथा नगर अनुदानलगाएत शिक्षकहरूको तलब निकासा गर्नुपर्ने, दिवा खाजा, पाठ्यपुस्तकलगायतका अन्य अनुदान निकासा गर्नुपर्ने माग शिक्षकहरुले गरेका छन् । खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराज शाहीले शिक्षकहरूको हकमा दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पु¥याएको तर भुक्तानी नगरेको बताए । उनले जनप्रतिनिधिले आफ्नो सेवा–सुविधा लगिसक्दासमेत कर्मचारी र शिक्षकको तलब भत्ता नदिएको बताए ।

खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ । मेयर कमलबहादुर शाहीले नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको बताए । उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको बताउँदै शिक्षकहरूको तलब भत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।

‘संघीय सरकारले समयमा प्रमुख प्रशासकीय अधिकृत नखटाएका कारणले दैनिक कामकाजमा समस्या भएको छ’ नगरप्रमूख शाहीले भने, ‘प्रशासकीय अधिकृत र लेखापालका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ । चाँडै निकास निकाल्ने प्रयासमा छौ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार