मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई

Ujyalosandeshonline 12547+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

रामेछाप । १२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा सम्पन्न भएको खेलमा मन्थली नगरपालिकाले २२ स्वर्णपदक जित्दै उपाधि जितेको हो । 

तीन दिनसम्म सञ्चालित प्रतियोगितामा मन्थलीले २३ रजत र ३२ कांस्य पदक पनि जितेको छ । मन्थलीले कूल ७७ पदक हात पारेको छ । प्रतियोगितामा उमाकुण्ड गाउँपालिका दोस्रो भएको छ । उमाकुण्डले २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक जितेको छ । 

यसैगरी सो प्रतियोगितामा जिल्लाका लिखु तामाकोसी गाउँपालिका तेस्रो भएको छ । लिखु तामाकोसीले ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जितेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका चौथो भएको छ । 

प्रतियोगितामा रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३२ पदक जितेको छ । खाँडादेवी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ९ वटा पदक जितेको छ । सुनापति गाउँ पालिकाले १ स्वर्ण ४ रजत र ३ कांस्य गरी ८ वटा पदक जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाले १ स्वर्ण ४ रजत र १ कांस्य गरी ६ वटा पदक जितेको छ । 

प्रतियोगितामा पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा समान ६६ वटा स्वर्ण, रजत र कांस्य पदक राखिएको थियो । जसमा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको थियो । प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडी सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार