मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा । झापाको बिर्तामोडमा दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उदघाटन गरेकी छन् । मेयर प्रसाईंले बिदेशी सामानको प्रयोगभन्दा स्थानीय स्रोत साधनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा उपयोगमा जोड दिन आग्रह गरिन ।

गत बर्ष आयोजना भएको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गरेको हो ।बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका पाँचवटा कम्पनीको तीन हजार मोडलका जुत्ता चप्पल आकर्षक स्किमका साथ बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक नेपाली जुत्ता घर रहेको छ ।

‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन् ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् । एक महिनासम्म  सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार