मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा

Ujyalosandeshonline 12611+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा । झापाको बिर्तामोडमा दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उदघाटन गरेकी छन् । मेयर प्रसाईंले बिदेशी सामानको प्रयोगभन्दा स्थानीय स्रोत साधनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा उपयोगमा जोड दिन आग्रह गरिन ।

गत बर्ष आयोजना भएको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गरेको हो ।बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका पाँचवटा कम्पनीको तीन हजार मोडलका जुत्ता चप्पल आकर्षक स्किमका साथ बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक नेपाली जुत्ता घर रहेको छ ।

‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन् ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् । एक महिनासम्म  सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार