मुख्य समाचार
विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न | कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च | औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ | बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर | परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व | क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल | स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु | द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य | सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज | पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल |

कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च

Ujyalosandeshonline 12582+ समाचार ( )
८ कार्तिक २०८३, शनिबार

कर्णाली । कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । रुकुमपश्चिममा १२ पुरुष, चार महिला, दुई बालक र चार बालिका गरी २२  तथा सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाको मृत्यु भएकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । 

त्यस्तै, सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१, कालीकोटमा ११ पुरुष, एक महिला र एक बालिका गरी १३, दैलेखमा आठ पुरुष, तीन महिला र एक बालक गरी १२, जाजरकोटमा सात पुरुष, एक महिला र एक बालक गरी नौ, हुम्लामा पाँच पुरुष, एक महिला, एक बालक र एक बालिका गरी आठ, जुम्लामा तीन पुरुष, एक बालकसहित चार, डोल्पामा छ पुरुष र मुगुमा तीन पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरी उपरीक्षक घर्तीले बताउनुभयो ।

त्यसैगरी, वर्षभरिको सवारी दुर्घटनामा सुर्खेतमा ७१३ पुरुष, ३०० महिला, ११५ बालक र ६७ बालिका गरी जम्मा एक हजार १९५, रुकुमपश्चिममा १४१ पुरुष, ६२ महिला, ३३ बालक र २६ बालिकासहित २६२, सल्यानमा ९७ पुरुष, ५९ महिला, २३ बालक र २३ बालिका गरी २०२, दैलेखमा ११९ पुरुष, ६० महिला, १४ बालक र सात पुरुष गरी २०० जना घाईते भएको उहाँले बताउनुभयो । 

त्यस्तै, जाजरकोटमा ५९ पुरुष, ३७ पुरुष, १५ बालक, १५ बालिका गरी १२६, कालीकोटमा ५६ पुरुष, २६ महिला, नौ बालक र पाँच बालिका गरी ९६, जुम्लामा ४५ पुरुष, २१ म्हिला, आठ बालक र दश बालिका गरी ८४, डोल्पामा ३९ पुरुष, नौ महिला, छ बालक र दुई बालिका गरी ५६, हुम्लामा ३३ पुरुष, १७ महिला, दुई बालक र दुई बालिका गरी ५४ र मुगुमा १७ पुरुष, सात महिला, तीन बालक र तीन बालिका गरी ३० जना सवारीमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार