मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री |

१० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 12351+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

रौतहट । रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ ।अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पक्राउ पर्नेहरुमा सबैभन्दा बढी जलसाजीको रहेको बताए ।

उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन् ।जलसाजीमा दसजना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरुलाइ रु १० जरीवाना तोकिएको उनले जानकारी दिए । 

पक्राउ परेका प्रतिवादीहरु मध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरुमा नवल किशोर मुखियालाई हातहतियर तथा खरखजानामा आठ महिना ५ दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ । रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय तथा मातहातबाट खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाइ आवश्यक  कार्वाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार