मुख्य समाचार
मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल |
मुख्य समाचार
मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल |


नेपालमा पहिलो पटक पिंक टुरिजम सम्मेलन, पर्यटन दूत घोषणा गरियो

Ujyalosandeshonline 12557+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

काठमाडौं । मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ । नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा.मौसम बोहरा टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन् ।

रेहान श्रेष्ठ भिजिट नेपाल २० २० को एम्बेसडर थिए । पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्। डा.मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिजम प्रमोसनका लागि सहयोगी भूमिका निर्वाह गर्नमा बोहरा लाग्नेछिन् ।

सबै मिलेर नै समावेश हुँदै कार्यक्रम सफल बनाउन लाग्नु पर्ने मार्टिनीकी कार्यकारी निर्देशक बोहराले बताइन । पराक्रम राणा कन्टेन्ट क्रियटर एवं ब्लगर पनि हुन् । उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसंख्यक फ्रेण्डली कन्ट्री बताए। ‘नेपाल सुरक्षित देश हो,’उनले भने,‘यहाँ (नेपाल) आउन आव्हान गर्छु ।’

यसअघि इन्टरनेसनल कन्फ्रेन्सका लागि ब्लगर लेक्स लिम्बु पनि स्टार प्रमोटर घोषणा भैसकेका छन्। अप्रिल २० र २१ तारिखमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनसँगै नेपालको पर्यटनमा महत्त्वपूणर् भूमिका खेल्ने मायाको पहिचान नेपालले विश्वास लिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए ।

पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पिंक टुरिजम प्रवर्द्धनका लागि पन्तलाई जनवरी २०२४ देखि कल्चरल एमिसारी (राजदूत) नियुक्त गरेको थियो। उनले पिंक टुरिजमको माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सके नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठुलो सहयोग पुग्ने बताए।

 नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले युएनडिपीको आर्थिक सहयोगमा २४ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई ट्रेकिङ गाइडको तालिम दिएपछि ट्राभल कम्पनीहरूले पनि चासो दिएको सुनाए। तालिम लिएकाहरू कतै न कतै आबद्ध भैसकेका उनले जानकारी दिए। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नेपाल दक्षिण एसियामै फ्रेन्डण्ली देश भनेर अन्तर्राष्ट्रिय स्तरमा पुगेको निर्देशक लामिछानेले बताए। नेपाल ‘डेस्टिनेसन फर अल’ भएको उनले बताए ।

नेपालमा राइड सेयर सञ्चालन गरेको टुटलका व्यवस्थापन अधिकृत (एमडी) रुविक जोशीले पिंक टुरिजममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘पर्यटन प्रवर्द्धनमा अर्को फ्याक्टर भनेको ट्राभल पनि हो,’जोशीले भने,‘नेपाललाई ट्राभल गर्न सुरक्षित मानिन्छ। भाउतोल गर्न नपरोस्।’ उनले टुटलले सुरक्षित राइडिङ सेवा दिइरहेको बताए।

पिंक टिफानीकी सञ्चालिका सहारा खड्काले मायाको पहिचान नेपालले पहिलो पटक पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स आयोजना गरेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि राम्रो काम गरेको सुनाइन। उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले सञ्चालन गरेको होटेल नचल्ला भन्ने डर हटेको बताइन ।

सम्मेलनमा सयवटा भन्दा बढी किताबका लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक, एजेन्ट अफ इस्कका संस्थापक पारोमिता बोहरा प्रमुख वक्ताको रूपमा रहनेछन्। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटक भित्र्याएर पर्यटन उद्योगमार्फत देशभित्रका समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको पन्तले बताए ।

सम्मेलनमा सहभागी हुनका लागि अनलाइन आवेदन खुल्ला भैसकेको छ । मायाको पहिचान नेपालका अनुसार संस्थाको वेबसाइटमा अनलाइन फारम भर्न सकिनेछ । सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायतसहित दक्षिण एसियाली देशहरूबाट आवेदन प्राप्त भएको मायाको पहिचान नेपालले जनाएको छ ।

 नेपाल दक्षिण एसियामै कानुनी रूपमा समलिङ्गी (इन्द्रेणी) विवाह दर्ता गर्ने पहिलो देश बनेको छ। नेपालको संविधानमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार लेखिएको छ । संविधानको धारा १२ मा लैङ्गिक पहिचान अनुसारको नागरिकता जारी गर्ने व्यवस्था छ भने धारा १८ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि विशेष कानुन बनाउने व्यवस्था छ ।

संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको हक सुनिश्चित गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि सन् २००१ देखि संस्थागत अभियान सुरु गरेका पन्तकै नेतृत्वदायी भूमिकाका कारण संवैधानिक अधिकार सुनिश्चित भएको समुदायले बताउँदै आएका छन्।

संविधान जारी ८ वर्ष पूरा हुँदासम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि पन्तले नै स्थापना गरेका संस्थाको भूमिका निष्क्रिय भए पछि पन्त पुन सक्रिय भएर लागेका छन्। पन्तकै पहलमा लमजुङको दोर्दी, बर्दियाको बढैयाताल, भलै सर्वोच्च अदालतको आदेश उल्लेख नगरी कैलालीको कैलारी गाउँपालिकाले समलिङ्गी, तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गरेर देशको नाम अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन सफल भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार