मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

कराँतेका पदक विजेता खेलाडीलाई रास्वपाद्वारा सम्मान

Ujyalosandeshonline 12552+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । भारतमा भएको इण्डो–नेपाल कराँते च्याम्पीयनसीप–२०२४ का पदक विजेता खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मान गरेको छ । फ्रेब्रअरी ३ र ४ तारिख भारतको करिमनगर, तेलगंगामा भएको प्रतियोगितामा नेपाल दोस्रो भएको छ ।

प्रतियोगितामा नेपालले १९ स्वर्ण, ११ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । उक्त प्रतियोगितामा सिहान वीर मित्र नेपालबाट प्रमुख निर्णायक थिए । त्यस्तै नेपालकोतर्फबाट प्रशिक्षकद्वय मनिष पाण्डे र अनुपम ज्ञवाली सहभागी थिए । रास्वपाले भारतबाट फर्केका नेपाली कराँते खेलाडीलाई सीमा नाका बेलहियामा सम्मान गरेको छ ।

रास्वपा सिद्धार्थनगर समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, जीत बहादुर गुप्ता (शेखर), महेन्द्र पाण्डे, बुटवल उपमहानगरपालिका संयोजक राजेन्द्र पाण्डे, रुपन्देही क्षेत्र नम्बर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति ओम पौडेल, ५ का क्षेत्रीय समिति सदस्य गौतम पाण्डे, सिद्धार्थनगर सभापति पर्शुराम पराजुली, निवर्तमान नगर संयोजक सुमन न्यौपाने, नगर कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर–८ का सचिव उदय कार्कीलगायतले टीका, र खादा लगाएर खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार