मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने– ‘पाइलट भाग्यले बाँचे’

Ujyalosandeshonline 12457+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो ।

विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरूमा धुवा आएर बङ्कर्मा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे ।

उनले भने, ‘जहाज  पहिले  नै  हिट  भइसकेको थियो होला त्यसपछि भित्तामा हिट भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपीट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो । कन्टेनरलाई घिसारेर तल पु¥यायो । जहाजको एक भाग यसैमा अड्कियो । अर्को भाग उछिट्टिएर अझै पर पुग्यो । दुवै ठाउँमा ठूलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे होलान्। ’

साथै उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्दार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे ।

यस्तै यो घटनाका प्रत्यक्षदर्शी सुनिल केसीले सुरक्षाकर्मी सबैले उद्दारमा राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताएका छन् । उनले यो छोटो समयमा सबैको उद्दार गर्न सफल सुरक्षा टोलीलाइ धन्यवादसमेत व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार