मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेका छौं: मन्त्री चौधरी

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेको जानकारी दिएकी छन् । 

बिहीबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले यो जानकारी गराएकी हुन् । महिलाविरुद्ध हुने भेदभाव उन्मूलन समितिले नेपाल सरकारलाई जारी गरेको सूचीको मध्येको मानव बेचबिखन तथा लैंगिक हिंसा सम्बन्धी छलफलमा सैद्धान्तिक अवधारणा पत्रका लागि ऐनको मस्यौदा तयार भएको उनले जानकारी दिएकी हुन् । 

उनले भनिन्, ‘महिलाहरूका लागि कानुन त धेरै बनेको छ । कानुन भएपछि बल्ल सुरुवात हुने हो । त्यसपछि कार्यान्वयनमा जोन नजाने भन्ने हुन्छ । त्यसकारण यो सैद्धान्तिक सम्बन्धी लिने अवधारणा पत्रको लागि लैंगिक हिंसा ऐनको मस्यौदाको ड्राफ्टहरु बनाइराखेको छौ । ड्राफ्टहरु हुँदाखेरि कानुनी परामर्श पनि लिइन्छ । खर्चको कुरा आयो भने अर्थ मन्त्रालयसँग पनि सहकार्य हुन्छ । यसरी मात्र यसलाई ऐनको रुपमा विधेयकको रुपमा अगाडि बढाइन्छ । र, मन्त्रिपरिषद् जानु प¥यो भने त्यहाँ पनि गइन्छ ।’लैंगिक र समानता नीति बनाएको भए पनि अझै महिलामाथिका हिंसाका घट्ना भने कम नभएको उनले बताइन् । 

उनले भनिन्, ‘लैंगिक र समानता नीति २०७७ त छ । समानता नै गर्ने भनेर भनेको छ । तर पनि देशमा हिंसाहरु भइरहेको नै छ । मेरै क्षेत्रको कुरा गर्दा महिनामा नै हिंसाका ५ वटा घटना आउँछन् । बालबालिका जबर्जस्तीकरणीको आउँछ । बढीजस्तो छ जबर्जस्तीकरणीको नै घटना आउँछ । बेचबिखनको कुरा पनि आउँछ । फर्काएर त ल्यायो तर समाजको नजर उनै नराम्रो बन्छ ।’ समतामूलक समाजको परिकल्पनासहित ऐनका लागि मस्यौदा तयार भएको उनले बताइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार