मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

अब संविधान संशोधनको विषयमा प्रवेश गर्ने बेला आयो : डा.महत

Ujyalosandeshonline 12342+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्त डा.प्रकाशशरण महतले अव संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताएका छन् । विहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रो संविधानमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली छ । अहिले सभापतिले अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनसक्छ । अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’

यस्तै, उनले राजनीतिक क्षेत्रमा मात्र होइन अन्य क्षेत्रको सम्पूर्ण महिलाको अधिकारको लागि पनि लड्नुपर्ने बताए । 

उनले भने, ‘पछिल्लो समयमा संविधान निमार्ण गर्दा कम्तमिा पनि ३३ प्रतिशत महिलाको अनिवार्य राजनीतिक सहभागिता हरेक तहमा हुनुपर्ने कुरा सुनिश्चित गरेका छौ । म त्यस्तो दिन हेर्न चाहन्छु, जुनबेला पुरुषहरुको तुलनामा महिलाहरुको ९० प्रतिशत सहभागिता हुन्छ । पहिला ९९ प्रतिशत पुरुष हुन्थे । राजनीतिक क्षेत्रमा मात्र होइन अन्य क्षेत्रको सम्पूर्ण महिलाको अधिकारको लागि पनि हामीले काम गर्नुपर्छ ।’

सोही कार्यक्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले समाजमा अहिले सबैभन्दा नेपाली महिलालाई हिंसाबाट मुक्ति गर्ने शान्ति प्रक्रियाको आवश्यकता भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार