मुख्य समाचार
२६ ग्रामभन्दा बढी लागूऔषधसहित रोहिणीका देवान नियन्त्रणमा | भैरहवाबाट ४३५ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ | पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि... | अपराधको प्रकृति फेरिँदै: नवलपरासीमा मुद्दा दर्ता र अनुसन्धानको चाप बढ्दो | सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’ | ‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ | जुम्लामा उत्पादन भएको स्याउको अधिक माग | मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन | सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन |

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

रासस 592+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीस्थित रामग्राम स्तुप विश्वभरिका बुद्धको एकमात्र सिङ्गो अस्तुधातु भएको ठाउँ हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । 

रामग्राम स्तूपमा सन् २०२५ जनवरी १ देखि अक्टोबर अन्तिमसम्मको १० महिनामा १७ हजार ४१७ जना पर्यटकले भ्रमण गरेका रामग्राम स्तुप विकास कोषका पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यसवर्ष पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष तीन हजार ७३८ बढी पर्यटक स्तुप अवलोकनका लागि पुगेका छन् ।”

रामग्राम स्तुपमा सबैभन्दा बढी थाइल्याण्डका छ हजार ६६८ पर्यटकको आगमन भएको पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिनुभयो । आन्तरिक पर्यटकमा माथिल्लो मुस्ताङका दुई हजार ३७९ यहाँ पुगेका भन्दे सबैभन्दा कम युगाण्डाका एक जना रहेका बताउनुभयो । उहाँका अनुसार स्तुपमा नेपाल बाहेक ३६ देशका पर्यटक आउने गरेका छन् । रामग्राम स्तुपमा पछिल्लो समय पर्यटक बढ्न थालेपछि स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारी पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार