मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले बाँडे खुशी

Ujyalosandeshonline 11768+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । अस्वस्थ्यका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा सुरुङको उदघाटन गरे ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन उक्त सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम भएसँग स्थानीयबासी उत्साहित भएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको बताए ।

‘यो खुसी तपाईं हामी सबैको खुसी हो । रुपन्देही र पाल्पाका जनताका लागि थप ठूलो खुसीको कुरा हो । यो हामी सबैको सफलता हो, यस्तै सफलताहरु जोडेर देशलाई सफल बनाउन सकिन्छ । यो सरकार स्थायित्व र बिकासका लागि बनेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित रहेको थियो । 

सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी  सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो । 

सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ ।

पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो ।  सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार