मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

सात बुँदे मागसहित दिक्तेलका मेयर भट्टराईले सुरु गरे सत्याग्रह

Ujyalosandeshonline 12342+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन् । 

सिंहदरबारको दक्षिण गेट अगाडि कपाल मुन्डन गरिबाँसका मुडा बोकेर उनले सत्याग्रह सुरु गर्न लागेका थिए । तर निषेधित क्षेत्र भएकाले प्रहरीले उनलाई सुरक्षाकासाथ माइतीरघरमा लगेर छाडेको छ । उनले त्यही सत्याग्रह सुरु गरेका हुन् । 

उनले आजदेखि तीन दिन भोक हड्तालमा बस्ने समेत घोषणा गरे । आफ्ना सात बँदे माग अगाडि सार्दै माग पूरा नभए साउन १४ गतेदेखि अनिश्चितकालिन आमरण अनसन बस्ने समेत जानकारी दिए । उनले भने,‘आजदेखि तीन दिन भोक हड्तालमा बस्दै छु । सात बुँदे माग अघि सारेको छु । यदी माग पूरा भएन भने नभए साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनसन बस्नेछु ।’ 

उनले संघीय सरकारसँग केवल नीति निर्माण बनाई गाउँघरमा मूल्यविहीन बनेका बाँस, काठ, गाँजा, लोकल रक्सी, राडिपाखी आदि स्थानीय उत्पादित सामग्रीलाई सरकारी रूपमा प्रयोग गर्न मिल्नेगरी कानून बनाउने, भवन बनाउन सकिनेगरी सरकारी नम्स् एवं विल्डिङ कोडमा समावेश गरी कानूनी रुपमा प्रयोग गर्ने वातावरण बनाइदिन आग्रह गरे । 

हिमालको अस्तित्व संकटग्रस्त भई जलवायु परिवर्तनको प्रभावले काला पहाडमा परिणत हुँदै गएकाले यसबाट हुने मानवीय तथा प्राणीको जोखिमलाई समयमा नै मध्यनजर राख्दै जैविक विविधता र रैथाने संस्कृतिको संरक्षण गर्न आवश्यक नीति–निर्माण तथा पहलकदमी तत्काल गर्न र विश्वव्यापि जलवायु परिवर्तनको जोखिम बढाउने विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गर्ने नेपालजस्ता राष्ट्रलाई निश्चित रकम क्षतिपूर्तिबापत् तिर्नुपर्ने प्रावधानका लागि अन्तर्राष्ट्रिय मञ्च तथा फोरममा लविङ गर्दै आवाज उठाउन उनले माग राखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार