मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

प्रदेश खारेज भयो भने संविधानमा प्रश्न उठ्छ : मन्त्री लेखी

Ujyalosandeshonline 12552+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

जनकपुर । मधेस प्रदेशका गृहसंचार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेश खारेज भए त्यसको परिणाम सिंधा संघीयता र संविधानमाथि पर्न जाने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै लेखीले प्रदेश खारेज भयो भने संविधानमाथी प्रश्न उठ्ने बताएका हुन् ।

केही दिनयता सञ्चारमाध्यमहरुमा प्रदेश खारेजको कुराहरु लेखेको र हेरेको कुरा ध्यानाकर्षण गराउँदै संघीयता ल्याउन भूमिका निर्वाह गरेको सम्पूर्ण दल र दलका नेताहरुलाई यस विषयमा गम्भीर भएर सोच्न सुझाव दिए । प्रदेश खारेज हुने अवस्था आए प्रदेश मात्र खारेज नभइ सिंगो संविधान खारेज हुने उनले धारणा राखे।

लेखीले भारतको उदाहरण दिँदै भारतको संविधान बनेको ७५ वर्षयता विहार, यूपीलगायतका प्रदेशमा भएको विकास हाम्रो मुलुकमा संघीयता आएदेखि मात्र ७ वर्षमा भएको उल्लेख गरे । उनले तीन तहको संरचना कायम भएदेखि जुन गाउँमा पहिला साइकल जाने बाटो थिएन अहिले ती विकट गाउँघरमा सजिलै चारपांग्रे गाडी जाने भइसकेको बताए । 

‘अहिले गाउँ गाउँमा स्कूल, स्वास्थ्य चौकीको सुविधा, हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी राजमार्ग निर्माणलगायतका कार्यहरु केही वर्षभित्रै भएको विकासका उदाहरणहरु हो,’उनले भने ।’ पहिला हरेक कामको लागि सिंहदरबार पुग्नुपर्ने बाध्यता अहिले हटेको र पालिकाबाटै ती कामहरु हुनसक्ने वातावरण बनेका ले संघीयता खारेजको कुरा सोच्नु पनि नहुने धारणा राखे । साथै लेखीले सही कुरा लेख्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार