मुख्य समाचार
सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल |

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘चौथो सितगंगा महोत्सव’ सुरु

Ujyalosandeshonline 12315+ समाचार ( )
९ पौष २०८२, बुधवार

अर्घाखाँची । सितगंगा नगरपालिकामा आजदेखि ‘चौथो सितगंगा महोत्सव’ सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख छविलाल पौडेलले स्थानीय स्तरमा उत्पादित सामग्रीलाई प्रोत्साहन र प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो। भौगोलिक हिसाबले नेपालकै ठूलो नगरपालिका भएकोले यहाँका स्थानीय उत्पादन र प्रतिभालाई प्रस्फुटन गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। उहाँले नगरभित्रका साना तथा ठूला उद्योगी व्यवसायीलाई यो अवसरको सदुपयोग गर्दै नगरको विकासमा जोडिन आग्रह गर्नुभयो।

कार्यक्रममा उप–प्रमुख गिता भाटले महोत्सवले स्थानीय व्यवसायीको व्यावसायिक उन्नतिमा सघाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, पूर्व सांसद जाल्पा भुसाल, संस्थापक नगर प्रमुख सूर्य प्रसाद अधिकारी, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै मेला सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

सितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालय, संघसंस्था तथा आमा समूहहरूले बाजागाजा र झाँकीसहित बजार परिक्रमा गरेका थिए। पुस २१ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने डमरु दहमा स्टिमर डुंगा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार