मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘चौथो सितगंगा महोत्सव’ सुरु

Ujyalosandeshonline 12611+ समाचार ( )
९ पौष २०८२, बुधवार

अर्घाखाँची । सितगंगा नगरपालिकामा आजदेखि ‘चौथो सितगंगा महोत्सव’ सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख छविलाल पौडेलले स्थानीय स्तरमा उत्पादित सामग्रीलाई प्रोत्साहन र प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो। भौगोलिक हिसाबले नेपालकै ठूलो नगरपालिका भएकोले यहाँका स्थानीय उत्पादन र प्रतिभालाई प्रस्फुटन गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। उहाँले नगरभित्रका साना तथा ठूला उद्योगी व्यवसायीलाई यो अवसरको सदुपयोग गर्दै नगरको विकासमा जोडिन आग्रह गर्नुभयो।

कार्यक्रममा उप–प्रमुख गिता भाटले महोत्सवले स्थानीय व्यवसायीको व्यावसायिक उन्नतिमा सघाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, पूर्व सांसद जाल्पा भुसाल, संस्थापक नगर प्रमुख सूर्य प्रसाद अधिकारी, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै मेला सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

सितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालय, संघसंस्था तथा आमा समूहहरूले बाजागाजा र झाँकीसहित बजार परिक्रमा गरेका थिए। पुस २१ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने डमरु दहमा स्टिमर डुंगा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार