मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
२७ कार्तिक २०८२, बिहीबार

सिन्धुली । तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार यही कात्तिक १७ गते दिउँसो १२ बजे घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव  कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो ।

कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीको टोलीले खोजतलास गर्दा घाँटीमा सलले बेरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदील जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक सुवेदीका अनुसार घटनामा संलग्न भएको आरोपमा सुरज भन्ने सूर्यबहादुर कामीलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो भने निरन भनिने टङ्कबहादुर कामीलाई दुधौली नगरपालिका–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ । मृतक छत्रकुमारीको मोबाइल फोन प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उहाँको मृत्यु सलले ‘घाँटी थिची’ गरिएको देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार