मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

Ujyalosandeshonline 12463+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ । 

गत शक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी छ । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन् । 

सरकारले सम्झौता सहमती कार्यान्वयन नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेसँगै काठमाडौं उपत्यकासहित चितवनमा पनि आन्दोलन सुरु भएको हो । 

आन्दोलनमा विशेषगरी तीनवटा सहकारीबाट पीडित रामप्रसाद राजभण्डारीले सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगरेर पीडितहरुमाथि अन्याय गरेको बताए । आन्दोलन गरेको चार महिना भइसक्दा पनि सरकारले बेवास्ता गरेका कारण तेस्रो चरणको आन्दोलन गर्न आफूहरु बाध्य भएको बताए । 

उनले भने, ‘आन्दोलन त गर्नैपर्ने भयो । मानिसहरुले खानै नपाउने अवस्था सृजना भयो । सहकारीमा दुई पैसा ब्याज बढी आउँछ भनेर पैसा राखियो । तीनवटा सहकारीमा मेरो पैसा छ । सिभिल सहकारी, लाली गुराँस र स्टा सेभिङमा थियो । तीनवटामा नै मेरो पैसा डुब्यो । सरकारले न्याय दिएन । सुन्नुपर्ने त सरकारले हो नि । आन्दोलनमा आएको पनि करिब चार महिना भइसक्यो । तर हाम्रो मागलाई सरकारले वास्ता गरेन त्यसैले आन्दोलनमा आउन बाध्य छौं ।’सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब देशैभर सशक्त रूपमा आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार