मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

रुपन्देहीमा करिब १० लाख बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 12547+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली र चोरी पैठारी नियन्त्रण अभियान अन्तर्गत पछिल्लो दुई दिनमा करिब १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भदौ ३ र ४ गते जिल्लाका विभिन्न स्थानबाट कुल ९ लाख ८० हजार ८० रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले गरेको विशेष चेकजाँचका क्रममा किराना सामग्री, लत्ताकपडा, कुखुरा, विद्युतीय उपकरण र मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको हो ।प्रहरीका अनुसार भदौ ३ गते मात्रै जिल्लाका विभिन्न स्थानबाट ५ लाख ६६ हजार ६८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो । यसैगरी, भदौ ४ गते जिल्लाभर गरिएको चेकजाँचमा थप ४ लाख १३ हजार ४०० रुपैयाँ बराबरको भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सामानहरूमा रोहिणी गाउँपालिकाबाट मोटरसाइकल, जेन्स टिसर्ट, बोइलर कुखुरा र थ्री-फेस कम्प्रेसर रहेका छन् । त्यसैगरी, सिद्धार्थनगर नगरपालिकाका विभिन्न स्थानबाट किराना सामग्री, साडी, लेडिज टप्स, मसाज गन, चप्पल, बिस्कुट, मसला, एलजी कम्पनीको वासिङ मेसिन, स्कुल जुत्ता र लेडिज चप्पल बरामद भएको छ । मायादेवी गाउँपालिकाबाट चिनीसहितको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय, बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनले जिल्लामा हुने कुनै पनि प्रकारको अवैध कारोबार र भन्सार छली नियन्त्रणका लागि प्रहरीको यो अभियान निरन्तर चल्ने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार