मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

दशैं–तिहारमा सहुलियत दरमा खाद्यान्न लिन उपभोक्ताको भिड

Ujyalosandeshonline 12532+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

मुगु । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ । कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका , मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण गर्न थालेको हो । सहुलियत दरमा खाद्यान्न पाइने भएपछि उपभोक्ताको भिड लागेको छ भने दैनिक लाखौं रुपैयाँको कारोबार भइरहेको छ ।

शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यविधिअनुसार भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म चाडपर्व लक्षित खाद्यान्न सहुलियतमा बिक्री गरिनेछ । यस वर्ष खत्याड गाउँपालिकाको श्रीकोट डिपोबाट ४ सय क्विन्टल चामल, सोरुकोट डिपोबाट ४ सय क्विन्टल र गमगढी बजारस्थित शाखा कार्यालयबाट २ हजार क्विन्टल चामल, २ हजार लिटर तेल र २ हजार क्विन्टल चिनी सहुलियतमा बिक्री गरिने लक्ष्य लिइएको छ ।

चामलमा प्रति बोरामा १२५ रुपैयाँ छुट दिइएको छ भने तेलमा प्रति लिटर ७ रुपैयाँ सहुलियत दिइएको छ। दैनिक ६० क्विन्टल चामल र ३ हजार लिटर तेल बिक्री हुने गरेको जानकारी अधिकारी माझीँले दिए । बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट पाइने चामल, तेल र चिनी सस्तो भएको र यसबेला चाडपर्वको अवसरमा थप छुट पाउँदा उपभोक्ताहरू खुसी भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार