मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

सुनवलमा मंसिर २१ देखि तेस्रो सुनवल महोत्सव

Ujyalosandeshonline 335+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

नवलपरासी । उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा आगामी मंसिर २१ गते देखि सुनवलको सोमनाथ बजार परिसरमा सुनवल महोत्सव (औद्योगिक व्यापार मेला) हुने भएको छ । “कृषि,उद्योग , व्यापार, कला र संस्कृतिक समग्र सुनवलको उन्नती” भन्ने मुल नाराका साथ व्यापार मेला आयोजना गर्न लागिएको हो ।

मंसिर २१ देखि मेला सञ्चालन हुने उद्योग वाणिज्य संघ सुनवलले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पुस ४ गते सम्म सञ्चालन हुने मेलामा विभिन्न घरेलु तथा स्थानिय कृषिजन्य उपज तथा समाग्रिको प्रर्दशनी तथा विक्रि वितरण, बाल उद्यान, विद्यालय स्तरीय डान्स आईडल, स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती सहितको सांस्कृतीक कार्यक्रम, विज्ञान प्रर्दशनी, खाना महोत्सव लगायतका आर्कषण रहेको संघका अध्यक्ष रमेश कर्माचार्यले बताए ।

प्रदर्शनीमा २ सय स्टल रहने मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । १४ दिन सम्म चल्ने मेलालाई प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र, खानपान र खेल क्षेत्र गरी स्टल व्यवस्थापन गरिने कर्माचार्यले बताए ।

उत्पादक र उपभोक्ता बिच सुमधुर सम्बन्ध स्थापित गर्ने हेतुले आयोजित व्यापार मेलामा स्थानिय घरेलु तथा लघु उद्यमीद्धारा उत्पादित उत्पादनका लागी निशुल्क स्टल प्रदान गर्ने संघले जनाएको छ । मेला अवलोकलनका लागी एक सय रुपैयाँ टिकट शुल्क तोकिएको छ, जसमा विद्यार्थिका लागी तिस रुपैयाँ छुट दिईने छ भने संस्थागत रुपमा सामुहिक आउने दर्शकका लागी ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकका लागी भने मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताए । खरेलले टिकटको मुल्य फेरबदलका विषयमा स्पष्ट पार्दे मेलाको आर्कषणको आधारमा टिकटको दर तलमाथि नहुने बताए । 

महोत्सवमा आउने व्यवसायीको सुरक्षाका लागी सिसिटिभिबाट निगरानी सहित प्रत्येक स्टलको बिमा र अग्नि नियन्त्रण यन्त्रको पनि व्यवस्था गरिने सचिव तुलसिराम तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार