मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सुनवलमा मंसिर २१ देखि तेस्रो सुनवल महोत्सव

Ujyalosandeshonline 11768+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

नवलपरासी । उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा आगामी मंसिर २१ गते देखि सुनवलको सोमनाथ बजार परिसरमा सुनवल महोत्सव (औद्योगिक व्यापार मेला) हुने भएको छ । “कृषि,उद्योग , व्यापार, कला र संस्कृतिक समग्र सुनवलको उन्नती” भन्ने मुल नाराका साथ व्यापार मेला आयोजना गर्न लागिएको हो ।

मंसिर २१ देखि मेला सञ्चालन हुने उद्योग वाणिज्य संघ सुनवलले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पुस ४ गते सम्म सञ्चालन हुने मेलामा विभिन्न घरेलु तथा स्थानिय कृषिजन्य उपज तथा समाग्रिको प्रर्दशनी तथा विक्रि वितरण, बाल उद्यान, विद्यालय स्तरीय डान्स आईडल, स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती सहितको सांस्कृतीक कार्यक्रम, विज्ञान प्रर्दशनी, खाना महोत्सव लगायतका आर्कषण रहेको संघका अध्यक्ष रमेश कर्माचार्यले बताए ।

प्रदर्शनीमा २ सय स्टल रहने मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । १४ दिन सम्म चल्ने मेलालाई प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र, खानपान र खेल क्षेत्र गरी स्टल व्यवस्थापन गरिने कर्माचार्यले बताए ।

उत्पादक र उपभोक्ता बिच सुमधुर सम्बन्ध स्थापित गर्ने हेतुले आयोजित व्यापार मेलामा स्थानिय घरेलु तथा लघु उद्यमीद्धारा उत्पादित उत्पादनका लागी निशुल्क स्टल प्रदान गर्ने संघले जनाएको छ । मेला अवलोकलनका लागी एक सय रुपैयाँ टिकट शुल्क तोकिएको छ, जसमा विद्यार्थिका लागी तिस रुपैयाँ छुट दिईने छ भने संस्थागत रुपमा सामुहिक आउने दर्शकका लागी ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकका लागी भने मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताए । खरेलले टिकटको मुल्य फेरबदलका विषयमा स्पष्ट पार्दे मेलाको आर्कषणको आधारमा टिकटको दर तलमाथि नहुने बताए । 

महोत्सवमा आउने व्यवसायीको सुरक्षाका लागी सिसिटिभिबाट निगरानी सहित प्रत्येक स्टलको बिमा र अग्नि नियन्त्रण यन्त्रको पनि व्यवस्था गरिने सचिव तुलसिराम तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार