मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

`आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11768+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

रुपन्देही-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताउनु भएको छ । सिद्धार्थनगर नगरपालिका-४, रुपन्देहीमा निर्माण भएको ‘द आर्ट अफ लिभिङ’ आश्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो´उहाँले भन्नुभयो जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु ।´उहाँले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरू उपलब्धिपूर्ण हुने धारणा राख्नुभयो । `समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन यस्ता अभियानहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । हाम्रो जीवन के हो ? कसरी खुशी हुने ? सुखी कसरी बन्ने ? स्वस्थ कसरी बन्ने ? भन्ने सवालमा यसले ध्यान र ज्ञानका कार्यहरूलाई अगाडि बढाउनेछ´ उहाँले भन्नुभयो`यी अभियानहरूमा हाम्रो साथ रहनेछ ।´

आश्रमका संयोजक दिपेन्द्र प्रधानका अनुसार साढे चार करोड रुपैयाँको लागतमा आश्रम निर्माण थालिएको हो । दान संकलन गरेर आश्रमको संरचना निर्माण भइरहेको छ । ७ कठ्ठा जग्गामा फैलिएको यस आश्रमसँगै देशभर यस्ता तीनवटा आश्रम रहेका छन् भने २६ वटा स्थानमा याेग केन्द्र रहेका छन । द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहका अनुसार देशका अन्य प्रदेशहरूमा पनि विस्तार गर्ने योजना रहेको छ । यस्तै भैरहवा आश्रमलाइ युवाहरु लक्षित विभिन्न सीप विकास तालिम केन्द्रकाे रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार