मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

फोहोरमैला व्यवस्थापन सम्बन्धमा सिद्धार्थनगरको टोली भारत भ्रमणमा

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनको विषयमा अध्ययन/अवलोकनका लागि नगरपालिका कार्यालयको टोली भारत भ्रमणमा गएको छ ।

मंगलबार साँझ नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष, प्राविधिक सहितको टोली नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नविनतम अभ्यास, सिकाई र सिकाईको उपलब्धीका लागि भारतको चंडीगढ तर्फ प्रस्थान गरेका छन् । त्यहाँ रहेको अविस्कार केन्द्र, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने मेसिनरी साम्रगी, प्रयोगको अवस्था लगायत विषयमा अध्ययन/अवलोकनका लागि टोली भारत प्रस्थान गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

दशकौ देखि यहाँको फोहोरमैला दिर्घकालिन रुपमा उचित व्यवस्थापन हुन सकेको छैन । ‘नगरप्रमुख निर्वाचित भएदेखि नै नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि गम्भिर हुनुहुन्छ’ नगर प्रमुखको स्वकीय सचिव इन्जिनियर बरकत बादशाह शेषले भने, ‘तर, नगरमा एकै स्थानमा बढी क्षेत्रफलमा सार्वजनिक जग्गा अभावका कारण ठुलो योजना संचालन गर्नमा समस्या परेको छ ।’

हालको भ्रमणमा थोरै क्षेत्रफलमा सानो मेसिन मार्फत उचित व्यवस्थापन हुन सक्ने देखिएमा प्रक्रिया अघि बढाइने सक्ने सम्भावना रहेको उनको भनाई छ ।

उनले फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि विभिन्न निकायसगँ पटक पटक छलफल भएको र एशियाली विकास बैंक (एडिबी) समक्ष लगेको प्रस्तावमा एडिबी योजना संचालनका लागि तयार रहेपनि जग्गा अभावकै कारण योजना संचालन गर्न नसकिएको बताए ।

केही समय अघि सिद्धार्थनगरले अन्य दुई पालिकासगँ पनि संयुक्त रुपमा फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि छलफल गरेर प्रस्ताव अघि सारेपनि सार्वजनिक जग्गा प्रयाप्त भएको पालिका सम्झौता गर्नबाट पछि हटेको थियो । सोही पालिकाको जग्गामा योजना संचालन गर्ने गरी जग्गाको नापजाँच समेत गरी तयारी भएको थियो । तर, उक्त पालिका सम्झौताबाट पछि हट्दा योजना संचालन हुन सकेन ।

त्यसपछि पनि नगरपालिकाको कार्यालयले विभिन्न निकायसगँ छलफल जारी राखेको छ । सोही अनुरुप फोहोरमैलाको दिर्घकालिन उचित व्यवस्थापनका लागि कार्यालयको टोली भारत तर्फ लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै