भैरहवा । सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनको विषयमा अध्ययन/अवलोकनका लागि नगरपालिका कार्यालयको टोली भारत भ्रमणमा गएको छ ।
मंगलबार साँझ नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष, प्राविधिक सहितको टोली नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नविनतम अभ्यास, सिकाई र सिकाईको उपलब्धीका लागि भारतको चंडीगढ तर्फ प्रस्थान गरेका छन् । त्यहाँ रहेको अविस्कार केन्द्र, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने मेसिनरी साम्रगी, प्रयोगको अवस्था लगायत विषयमा अध्ययन/अवलोकनका लागि टोली भारत प्रस्थान गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
दशकौ देखि यहाँको फोहोरमैला दिर्घकालिन रुपमा उचित व्यवस्थापन हुन सकेको छैन । ‘नगरप्रमुख निर्वाचित भएदेखि नै नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि गम्भिर हुनुहुन्छ’ नगर प्रमुखको स्वकीय सचिव इन्जिनियर बरकत बादशाह शेषले भने, ‘तर, नगरमा एकै स्थानमा बढी क्षेत्रफलमा सार्वजनिक जग्गा अभावका कारण ठुलो योजना संचालन गर्नमा समस्या परेको छ ।’
हालको भ्रमणमा थोरै क्षेत्रफलमा सानो मेसिन मार्फत उचित व्यवस्थापन हुन सक्ने देखिएमा प्रक्रिया अघि बढाइने सक्ने सम्भावना रहेको उनको भनाई छ ।
उनले फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि विभिन्न निकायसगँ पटक पटक छलफल भएको र एशियाली विकास बैंक (एडिबी) समक्ष लगेको प्रस्तावमा एडिबी योजना संचालनका लागि तयार रहेपनि जग्गा अभावकै कारण योजना संचालन गर्न नसकिएको बताए ।
केही समय अघि सिद्धार्थनगरले अन्य दुई पालिकासगँ पनि संयुक्त रुपमा फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि छलफल गरेर प्रस्ताव अघि सारेपनि सार्वजनिक जग्गा प्रयाप्त भएको पालिका सम्झौता गर्नबाट पछि हटेको थियो । सोही पालिकाको जग्गामा योजना संचालन गर्ने गरी जग्गाको नापजाँच समेत गरी तयारी भएको थियो । तर, उक्त पालिका सम्झौताबाट पछि हट्दा योजना संचालन हुन सकेन ।
त्यसपछि पनि नगरपालिकाको कार्यालयले विभिन्न निकायसगँ छलफल जारी राखेको छ । सोही अनुरुप फोहोरमैलाको दिर्घकालिन उचित व्यवस्थापनका लागि कार्यालयको टोली भारत तर्फ लागेको छ ।
सबै कुरा हुदाहुदै पनि कतिपय राजनीति दलको बाधा, बिरोध, अवरोधकै कारण बिगतमा फोहोर ब्यबस्थापन कार्य हुन नसकेको हो। बजेट, नक्सा, डिपिआर, पट्र्वखौली जमिनको ब्यबस्थापन लगायत मन्त्रालय र ADB बाट उक्त जमिनको अनुगमन गरेर सबै कोणबाट १००% ठीक भनेको जग्गा अन्तत्तोगत्वा दलहरुकै अवरोधकै कारण हुन नसकेको हो। वातावरणिय दृष्टिकोणले र मान्छेको बस्ती भन्दा टाढा खोलाको नजिक सबै कुराले उपयुक्त हुदाहुदै पनि कतिपय राजनीति दलकै अवरोध र बिरोधकै कारण उक्त फोहोर मैला ब्यबस्थापन उध्योग बनाउन नदिएको अवस्था हो। सबै पालिकाको पहिलो जिम्मेवारी भनेको नै फोहोर ब्यबस्थापन हो भन्ने जान्दाजान्दै पनि आवश्यक बिकासमा राजनैतिक दलहरु किन बाधक हुन्छ्न ? बुझन नसकिने कुरा। फोहोर ब्यबस्थापन सबै पालिकाको आवश्यकता हो सबै नगरबासीको आवश्यकता हो तर पनि किन बाधक बन्छन् कतिपय राजनैतिक दलहरु बुझ्न नसकिने कुरा ।
आशा गरुम सफलता ले आकाश चुमोस।यो भ्रमण फलदायी रहोस् ।
अनुगमनको लागि सवैलाई शुभ यात्रा । अनुगमन बाट यश नगरमा स्थापना काल देखि सि. न. पा काे बडा नं १,२,३ काे सेराे फेराे डंण्डा नदिकै तल माथि यदाकदा फालिदै ,बगाउदै,पुर्दै र लुकाउदै व्यवस्थापन गरिदै आईरहेकाेमा पटक पटक Adb संगकाे सम्झौता अनुरूप पटखाैलि मा रहेको करिव ७ विगाहा जग्गामा उचित व्यवस्थापन गर्ने कार्य र प्रयास असफल हुनु मा हामी र हाम्रा आगामि ४ पुष्ताले याे घटना , नगरप्रतिकाे हाम्रो माया लगाव र मेहनतकाे खिल्ली उडानको छन । तेसकारण अब याे समस्या समाधानका लागि सवै नागरिक ,सवै पार्टी एकजुट भई समस्याको समाधान गर्नु अतिआवश्यक भई सक्यो । यश पटकको अध्ययन अवलोकन भ्रमणले समस्याकाे समाधान हाेस ,शुभ यात्रा । शुभ दिपाबलीकाे सवैमा हार्दिक मंगलमय शुभकामना । सेखर नाथ पन्थी सि. न. पा ८ भैरहवा ,रूपन्देही ।