मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

बीपी कोइराला कप : भारतको् लाइफ केयर र नेक्सस रुपन्देही फाइनलमा

Ujyalosandeshonline 12337+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

भैरहवा । भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही एघार रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टि–ट्वान्टी प्रतियोगिताको फाइनल पुगेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनल मध्ये पहिलो खेलमा लाइफ केयरले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई  तथा दोश्रो खेलमा नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

फाइनल खेल शनिबार दिउँसो १२ः३० बजे सुरु हुनेछ । आज सम्पन्न पहिलो सेमीफाइनलमा भारतको लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई १५६ रनले पराजित गर्यो । लाइफ केयरले दिएको २४८ रनको लक्ष्य पछ्याएको जावेद गोहारले १५. ४ ओभरमा सबै विकेट गुमायो । जावेद गोहरको लागि ओपनर अलि हुसेनले सर्वाधिक ४२ रन बनाए भने रिशिभ जोशीले २३ र मोहम्मद इस्तियाकले १५ रन बनाए ।

लाइफ केयरको बलिंगमा क्षितिज त्रिपाठी एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन खर्चिए। कप्तान योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको लाइफ केयरले २० ओभरमा ५ विकेट गुमाएर २४७ रन बनाएको थियो । लाइफ केयरको लागि दिपक पुनियाले शतकीय योगदान दिए। प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा उनले ५८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे। ओपनर दिपांशु फोरेले ६५ तथा बिपुल कम्बोजले २९ रन बनाए । जावेद गोहरका बलर मोहम्मद इस्तियाकले ४ विकेट तथा रिशिभ जोशीले १ विकेट लिए ।

आजको दोश्रो सेमीफाइनलमा स्थानीय टिम नेक्सस रुपन्देही एघारले बंगलादेशको साइक क्रिकेटर्सलाई साइक क्रिकेटर्सले दिएको ८९ रनको लक्ष्य नेपाली टिमले ११. ५ ओभरमै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा नेक्सस रुपन्देहीको लागि ओपनर शंकर रानाले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

यस अघि टस हारेर ब्याटिंग गरेको साइक क्रिकेटर्सले १८.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो । साइक क्रिकेटर्सको ब्याटिंगमा एकेएसले सर्वाधिक २७ रन योगदान दिए । नेक्सस रुपन्देहीको बलिंगमा बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। दिपेश कंडेल र शाहब आलमले २÷२ विकेट तथा दुर्गेश गुप्त र दिनेश अधिकारीले १÷१ विकेट लिए ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार