मुख्य समाचार
भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो |

थाई एयर एशियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः व्यावसायिक उडान सुरु गर्यो

Ujyalosandeshonline 12541+ समाचार ( )
९ कार्तिक २०८२, आइतबार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान थालेको छ। यसअघि ०८१ कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट उडान सुरु गरेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा सेवा स्थगित गरेको थियो ।

थाई एयर एशियाले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा 'विन्टर सेड्युल'सहित पेश गरेको निवेदन केही महिनाअघि नै स्वीकृत भएसँगै आइतबारबाट उडान सेवा सुरु भएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एशियाले हप्ताको दुई दिन आइतबार र बुधवार बैंकक-भैरहवा-बैंकक सिधा उडान सेवा थालेको छ । आइतबार दिउँसो १२:१५ बजे १७ यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट १६७ जना यात्रु लिएर १:१५ बजे बैंकक प्रस्थान गरेको राउतले जानकारी दिए।

यसअघि भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सका साथै कतार एयरवेज, फ्लाई दुबई र जजिरा एयरवेजले उडान भर्दै आएका थिए। तर, नेपाल एयरलाइन्सले समेत यस विमानस्थललाई छाडेर काठमाडौं केन्द्रित मात्र सेवा प्रदान गर्दा सरकारको आलोचना हुँदै आएको छ। थाई एयर एशियाको यो पुनरागमनले यस क्षेत्रको पर्यटन र व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार