मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता

Ujyalosandeshonline 11524+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको छ । एक दिन पनि खाली छैनौं । जति पनि देखिएको छ त्यो भन्दा बढी नदेखेका कामहरु छन् । विश्वास गर्नु सहकारी क्षेत्रलाई आम जनताको विश्वासको क्षेत्र बनाउँछौ । यसलाई बिग्रिन दिदैनौ, यसमा हाम्रो प्रतिबद्धता हो ।’

यसका साथै, उनले सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्न सक्ने बनाउनको लागि सरकार सँधै सहकार्य गर्न तयार रहेको पनि बताए । उनले भने, ‘असल काम, विचारको लागि सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्नसक्ने बनाउनका लागि हामी सँगै छौं । फरक छैनौ तर सरकारको पदाधिकारी भएको हुनाले कहिलेकाही कठोर बन्नुपर्छ । अध्यादेशको कुरामा सरकारले चाहे जतिको स्टेक होल्डरहरुसँग छलफल गर्न नसकेको होला तर सरकारको आसय गलत छैन् । सरकारको काम समस्या समाधानतर्फ छ ।’

सहकारीबाट मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने भन्दै सहकारी ऐनको परिमार्जनको चरणमा पनि रहेको उनको भनाइ छ । उनले अध्यादेशमा तत्काल मिलाउनुपर्ने कुराहरु मिलाउने र अन्य कुरा कानून परिमार्जन गर्दै जाँदा गर्ने पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार