मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

खुकुरी प्रहार गरी बुहारीको हत्या

Ujyalosandeshonline 12334+ समाचार ( )
११ जेठ २०८२, शनिबार

रामेछाप । मन्थली नगरपालिका १२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । ६१ वर्षीय मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्या पछि प्रहरी चौकी खिम्तिमा आत्मा समर्पण गरेका छन् । 

उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन् । उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् । 

मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो ।अदालतको आदेश अनुसार छोरो लिन ससुराको घरमा पुगेकी पवित्रा र ससुरा बिच झगडा भएको थियो । सोही क्रममा मटक बहादुरले बुहारी माथि खुकुरी प्रहार गरेका स्थानीयले बताएका छन् । छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटक बहादुरको रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार