मुख्य समाचार
कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल |

वडासम्मै महामारी नियन्त्रण प्रभावकारी बनाउन तीनै तहको समन्वय गरिने

Ujyalosandeshonline 12321+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वर्षा शुरु भएसँगै देखिन सक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएका छन् । मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँग बैठक गर्दै मन्त्री पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी गर्न आग्रह गरे । 

‘वर्षाको सिजन शुरु भैसकेको छ,’उनले भने, ‘पानी तथा कीटजन्य महामारीबाट जोगिन आ आफ्नो तर्फबाट आजै तयारी थाल्नुहोला ।’ मन्त्री पौडेलले विपद् आए पछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपाली त्यसो हुन नहुने बताए । 

बैठकमा मन्त्री पौडेलले डेंगी फैलन नदिन अहिल्यैदेखि लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउन आग्रह गरे । यसैगरी, झाडापखाला, टाइफाइड, ज्वरोलगायतका महामारी वर्षापछि दुषित पानीका कारण फैलन सक्ने भन्दै सचेतनादेखि सजगताका सबै काम थाल्न मन्त्री पौडेलले आग्रह गरे ।मन्त्रालयले भारतलगायतका देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्नेगरी काम अघि बढाइरहेको उनले बताए ।

मन्त्री पौडेलले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए । बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रुपमा पुग्नेगरी तीनै तहको समन्वयात्मक बैठक डाक्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार