मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

लोपोन्मुख बाजा संरक्षण अभियान सुरु

Ujyalosandeshonline 11002+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

काठमाडौं । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ । अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको हो । संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको छ ।

नौ बाजाको सिधा अर्थ नौं किसिमका मौलिक बाजका प्रकार र सोही बाज समुहमा सहायक बाजा सम्मलित गराइने हुन्छ । विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा मात्र यो बाजा संरक्षित छ ।

बौद्धमार्गी नेवारहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलबस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ । श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप जुइगु तरखरमा छ ।

संघले पहिलो पल्ट नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो ।

संघ अन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा मध्यपुर थिमिस्थित सिवा सायमि खलः तथा मानन्धर युवा समुहसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका थिए । कार्यक्रमभित्रको सांस्कृतिक पक्षलाई सुरेन्द्र मानन्धरले संयोजन गरेका हुन् ।गजेन्द्र प्रसाद मानन्धरले कार्यक्रमको संयोजन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार