मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

व्यक्तिगत खर्चमा मेयर धनपत यादवले दिए १५ घरपरिवारलाई राहत

Ujyalosandeshonline 12342+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले व्यक्तिगत खर्चमा झन्डै १५ घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

पाल्हीनन्दन–६ पडरी र सनईका आगलागी पिडितलाई यादवले खाद्यान्न सहितका राहत सामाग्री वितरण गर्नुभएको हो । वडा अध्यक्ष कृष्णचन्द्र यादवको रोहवरमा उहाँले पडरीका १३ र सनईका २ गरी १५ घरपरिवारलाई राहत वितरण गर्नुभएको छ ।

२५ किलो चामल सहित दाल, तेल, नुन, चिनी, आलु, प्याज लगायतका खाद्यान्न सामाग्री सहित साबुन, सर्फ लगायतका दैनिक आवश्यक सामाग्री आगलागी पिडितलाई वितरण गरेको वडा अध्यक्ष यादवले बताउनुभयो । सो क्रममा नगर प्रमुख यादवले जुनसुकै पालिका वा स्थानका भएपनि विपत्तिको समयमा सक्दो सहयोग सबैले गर्नुपर्नेमा जोड दिनुभयो । विपत्तिको समयमा कुनै पालिकाको घेरा भित्र मात्र सिमित नभई सके सम्म सहयोग गर्नुपर्छ भन्ने उदेश्यले आफुले व्यक्तिगत रुपमा राहत वितरण गरेको यादवको भनाई थियो ।

पाल्हीनन्दनको पडहरीमा केहि दिन अगाडी भएको आगलागीमा १३ घरमा आगो लाग्दा ४ ओटा घर पुर्णरुपमा जलेर नष्ट भएको थियो भने बाँकि घरमा आंशिक क्षति भएको छ । सबै परिवार अन्नपात लत्ताकपडा जलेपछि अहिले बिचल्लीमा परेका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार