मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

धकधई । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोहिणी गाउँ समितिको आयोजनामा आज धकधई बजारमा वृहत सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। रोहिणी गाउँ समिति सभापति कृष्णचन्द्र मिश्राको अध्यक्षता तथा रास्वपा प्रदेश समिति सदस्य सञ्जयकुमार गुप्ताको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। बजार क्षेत्रलाई स्वच्छ राख्न र सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पार्टीका नेताहरू धनेश्वरी चौधरी, वडा सभापति प्रेम धोबी, अनिल यादव, सुधारकर यादव, बृजेश जैसवाल, कृष्ण खत्री, मोहम्मद नाबाब अली, दिनेश यादव, रवीन्द्र श्रेष्ठ, किस्मतली फकिर, नयन खान, असलम गद्दी, युवा नेताहरू मनोज यादव, सन्तोषी चौधरी, दिलीप पासवान लगायतका स्थानीय अगुवा तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार