मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

मल वितरणमा अनियमितता र बढी मूल्य असुलेको भन्दै सहकारीविरुद्ध किसानको ज्ञापनपत्र

Ujyalosandeshonline 12337+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–१ स्थित भानुभक्त कृषि सहकारी संस्थाले मल वितरणमा अनियमितता गरेको भन्दै स्थानीय ५७ जना किसानहरूले गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सहकारीले सर्वसाधारण किसानलाई मल नदिई आफ्ना नातागोता र नजिकका व्यक्तिलाई मात्र वितरण गरेको तथा गाउँपालिकाले तोकेको दररेटभन्दा बढी मूल्य असुलेको आरोप किसानहरूको छ । स्थानीय युवा किसान रामअवतार यादवका अनुसार, सहकारीले आफूखुसी मल वितरण गर्नुका साथै अनियमितता गरेको छ ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, गाउँपालिकाले ८५० रुपैयाँ तोकेको युरिया मलको लागि सहकारीले किसानसँग १ हजार रुपैयाँ असुलेर ९ सयको मात्र रसिद दिने गरेको छ । त्यस्तै, २३ सय रुपैयाँ तोकिएको डीएपी मलका लागि २५ सय रुपैयाँसम्म लिएको पाइएको छ । पीडित किसानहरूले नियम उल्लंघन गरी किसान ठग्ने सहकारीलाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार