मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानसेनापति ट्रफीको समापन : आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

Ujyalosandeshonline 11005+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं । सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रबार समापन भएको छ । भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको छ ।

प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटबल र जुडो जस्ता खेलहरु रहेका थिए भने प्रतियोगितामा आठवटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौंडामा पनि भएको थियो ।

समापन समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुदले शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुद शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको हुन्छ ।

खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न आठ खेलका विधाहरु समेटी मिति २०८२ भाद्र १७ गतेबाट सुरुवात भएको सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को समापन गर्दैछौ ।’यस्तै, उनले नेपाली सेनाको दिर्घकालिन सोच २०३० ले लिएको लक्ष्य र खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रधानसेनापतिको निर्देशनलाई मूलमन्त्र मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रधानसेनापति ट्रफी २०८२ को आयोजना गरिएको बताए । 

उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद, नेपाल पौडी संघ, नेपाल बास्केट बल संघ, अखिल नेपाल फुटबल संघ, नेपाल टेक्वान्डो संघ, नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ, नेपाल जुडो महासंघ लगायतलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार