मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सुस्तामा तीज गीत कार्यक्रम सम्पन्न

सितमती हरिजन 24+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

कुडिया, नवलपरासी । हरितालिका तीजको अवसरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा पालिका स्तरीय खुला तीज गीत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गाउँपालिका र पालिका स्तरीय महिला सञ्जालको संयुक्त आयोजनामा सुस्ता-२, सात्तपत्तिस्थित चुहाडी मन्दिरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले तीज पर्वको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले महिलाहरूको कला र संस्कृतिको प्रवर्द्धनका लागि गाउँपालिका सधैं तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो ।

त्यसैगरी, कार्यक्रमकी अध्यक्ष तथा उपाध्यक्ष गीता चौधरीले तीज पर्वले महिलाहरूलाई एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव बढाउने बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

खुला तीज गीत प्रतियोगितामा विभिन्न महिला समूह तथा व्यक्तिगत प्रतिस्पर्धीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । उनीहरूले आफ्ना गीतहरू मार्फत तीजको मर्म, महिलाका सुखदुःख र सामाजिक सन्देशहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने प्रतियोगीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाको बालबालिका तथा महिला शाखा प्रमुख सवित्रा आलेले गर्नुभएको थियो भने प्रशासकीय अधिकृत होमलाल भुसाल विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । स्थानीय महिलाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार