मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

एपीएफको चौथो जित

Ujyalosandeshonline 12547+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले चौथो जित निकालेको छ । एपीएफले समूह चरणको सातौं खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो तेस्रो हार हो । एपीएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन् ।

मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा सवै विकेट गुमाएर ८७ रनमा समेटिएको थियो । सुदूरका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको नटआउट पारि खेल्दा खडक बोहोराले २४ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भए । एपीएफका चन्दन रामले ५ विकेट लिँदा भुवन कार्कीले ३ विकेट हात पारे । यसैगरी रोहित पौडेलले २ विकेट लिएका थिए ।

तर, ८८ रनको लक्ष्य पछ्याएको एपीएफले जित निकाल्नै कडा मेहनत गर्नु परेको थियो । लगातार विकेट पतन भएका बेला सन्दीप जोराले एपीएफालई जित दिलाए । जोराले सर्वाधिक १८ रनको नटआउट पारि खेल्दा आशिफ शेखले १५ रन बनाएका थिए । यसैगरी भुवन कार्कीले १४ रन बनाउँदा प्रदीप ऐरी १२ रन बनाएर पभेलियन फर्किए ।

सुदूरका दिपक चन्दले सर्वाधिक ४ विकेट लिँदा नरेन साउदले ३ विकेट निकाले ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार