मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित

Ujyalosandeshonline 12437+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् ।‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ । जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौं । यसले  सबै असरहरुलाई न्युनिकरण र अनुकरण गर्नेछ ।’

साथै उनले वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताए । सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए ।

उनले भने, ‘अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र राय, सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार