मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जनकपुरधाममा तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

Ujyalosandeshonline 11005+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

जनकपुर । जनकपुरधाममा आगामी चैत १५ गतेदेखि तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।चौथो संस्करणको बिवाइडी इन्टर स्कूल क्रिकेट प्रतियोगिताको सफलता र पहिलो र दोस्रो संस्करणहरूको उत्कृष्ट आयोजनासँगै जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त पहलमा तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुने कलेजहरूले चैत १३ गते भित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगिता स्थानीय क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा महत्वपूर्ण मानिन्छ । 

यसले उनीहरूलाई आगामी समयका प्रतिस्पर्धात्मक अवसरहरूका लागि तयार पार्ने छ । प्रतियोगिता रंगभुमी मैदान बार्हबिघामा आयोजित हुनेछ भने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।

प्रतियोगिता लिग चरणमा हुने खेलहरूसँगै उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।

यो प्रतियोगिता विशेष रूपमा जनकपुरधामका कलेज तहका विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउन, उनीहरूको खेल प्रतिभालाई निखार्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ । आयोजक समितिले क्रिकेटप्रेमी दर्शकहरूलाई प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई उत्साह प्रदान गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार