काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले काठमाडौंमा आयोजित ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र जापानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा सांस्कृतिक आदानप्रदानको चर्चा गर्नुभयो ।
यस्ता महोत्सवले दुई देशका नागरिकबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने सभामुख अर्यालको भनाइ थियो । उहाँले नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा यस्ता कार्यक्रमको विशेष महत्व रहेको समेत उल्लेख गर्नुभयो ।