मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा

Ujyalosandeshonline 12444+ समाचार ( )
तस्बिर : राधेश्याम विश्वकर्मा/रासस
२७ फाल्गुन २०८२, बुधवार

भैरहवा (रुपन्देही) । लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् । ‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को दिन रामग्राम स्तुप पुग्ने कार्यक्रम रहेको छ । 

पदयात्रा टोलीका प्रमुख आचार्य चालान अनङ्कानोले बुद्धभूमि लुम्बिनीबाट यात्रा सुरु गर्न पाउनु आफूहरूका लागि ठूलो सौभाग्य भएको बताउनुभयो । उहाँले यो यात्रा मन र आत्मालाई शुद्ध पार्ने, धर्मको अभ्यास गर्ने तथा समाजमा करुणा र दयाको भावना फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिनुभयो ।

“हामी बुद्धका पाइलाहरू पछ्याउँदै धर्म अभ्यास गर्न यहाँ आएका हौँ”, उहाँले भन्नुभयो, “लुम्बिनीजस्तो पवित्र स्थलको संरक्षण गरिदिने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधुवाद र धन्यवाद व्यक्त गर्दछौँ ।” थाइल्याण्डको श्रीसाकेत प्रान्तस्थित ‘उद्यान धाम डोंग याङ’ बाट आएका भिक्षुहरुको टोलीको नेतृत्व आचार्य चरन अनङ्खानोले गर्नुभएको छ। टोलीमा थाइल्याण्डका भिक्षुहरूका साथै लाओस, मलेसिया र भियतनामका भिक्षुहरू पनि सहभागी छन् ।

भन्ते विचयाका अनुसार यो पदयात्रा मुख्यतः शान्ति र आत्म अनुशासनको अभ्यासका लागि गरिएको हो । “मानिसले आफ्नो जीवनमा सहनशीलता र आत्मनियन्त्रण कति महत्वपूर्ण छ भन्ने अनुभव गर्न यस्तो यात्रा सहयोगी हुन्छ”, उहाँले भन्नुभयो ।पदयात्राका सहभागीहरु प्रत्येक पाइला सचेतनतासहित हिँड्दै करुणा र मैत्रीभावको अभ्यास गर्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन् ।

आयोजकका अनुसार यो यात्रा बुद्ध धर्मका अनुयायीहरूले बुद्धका जीवन र शिक्षालाई स्मरण गर्दै आध्यात्मिक साधना गर्ने अवसर पनि हो । रामग्राम पुगेपछि टोली भारततर्फ प्रस्थान गरी कुशीनगर, वैशाली हुँदै बोधगयासम्म पैदलयात्रा गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस प्रकारको पदयात्रा आचार्य चरन अनङ्खानोको नेतृत्वमा हरेक वर्ष आयोजना हुँदै आएको टोलीमा सहभागी स्वयंसेवक अकनन्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार